सूचनाको शक्ति - The Power Of Information

        

विद्यार्थीलाई ३९० घण्टे बेमौसमी तरकारी खेती तालिम

फाइल तस्वीर

बझाङ्ग । बझाङ्गको बित्थडचिर गाउँपालिकाको देवेश्वरी माध्यमिक विद्यालयमा ३९० घण्टे निशुल्क बेमौसमी तरकारी खेती तालिम सञ्चालन गरिएको छ । देशमा भएको बेरोजगारीलाई मध्यनजर गर्दै भावी पुस्ताले बेरोजगारी भोग्न नपरोस भन्ने उद्देश्यले देवेश्वरी माविका बिद्यार्थीलाई ६५ दिने तालिम सञ्चालन गरिएको हो ।

भावी पुस्ताले कसरी कृषि पेसालाइ अगाल्न सक्छ्न, जुनसुकै मौसम पनि कसरी तरकारी खेती गर्न सक्छन् भन्ने बिषयलाई मध्यनजर गर्दै ३९० घण्टे बेमौसमी तरकारी खेती तालिम सञ्चालन गरिएको र उक्त तालिममा कृषिका बिधार्थी र अन्य संकायका बिद्यार्थी गरि २० जनालाइ तालिममा सहभागी गरिएको नेपाल शिक्षक संघ बझाङ्ग बित्थडचिरका सचिव सम्बोध मल्लले बताए ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सुदूरपश्चिमको कार्यालय धनगढी कैलालीद्वारा सञ्चालित उक्त तालिम देवेश्वरी मावि बिद्यालय व्यवस्थापन समिती अध्यक्ष गणेश बोहराको अध्यक्षतामा सञ्चालन भएको थियो भने तालिमको उद्घाटन गाउँपालिका अध्यक्ष तथा उक्त कार्यक्रम प्रमुख अतिथि प्रेम बोहाराले गरेका थिए । देवेश्वरी माविमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् अन्तरगत कृषि जेटिए पनि पढाइ हुने गर्छ । दिनेश धामी/बझाङ्ग

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार ०८:२७