सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानमान महाशाखा

पश्चिमी वायुको प्रभाव : शनिबारसम्म मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा

काठमाडौं ।  हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। देशका पहाडी भू-भागका केही स्थानहरुमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ।

बिहीबार दिउँसो देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली भई बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। अपरान्ह पश्चात पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार प्रदेश २ मा आंशिक बदली रहि बाकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।

शनिबार देशभरी आंशिकदेखि सामान्य बदली  रहने छ। देशको पहाडी भू-भागका केहि स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार ०८:११