सूचनाको शक्ति - The Power Of Information

        

पोर्टो र डर्टमण्ड क्वाटरफाईनलमा, युभेन्टस र सेभिया बाहिरिए

काठमाडौं । जर्मनीको बोरुसिया डर्टमण्ड र पोर्चुगलको एफ.सी पोर्टो युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेका छन् ।

गएराति भएको राउण्ड अफ सिक्सटिनको दोस्रो लेगको खेलमा डर्टमण्डले स्पेनको सेभियासँग २–२ गोलको बराबरी खेल्यो । पहिलो लेगको खेल ३–२ ले जितेको डर्टमण्डले समग्रमा खेल ५–४ ले आफ्नो पक्षमा पारेको हो ।

गएरातिको खेलमा डर्टमण्डका लागि दुबै गोल नर्वेका खेलाडी अर्लीङ ब्रौट हालाण्डले गरे । सेभियाका योसुफ उन नेसेरीले दुई गोल गरेपनि टोलीलाई क्वाटरफाईनलमा पु¥याउन सकेनन् ।

यस्तै गएराति नै भएको अर्को खेलमा १० जनामा सेमटिएको एफसी पोर्टोले इटालीको युभेन्टसलाई निराश पा¥यो । दोस्रो लेगमा युभेन्टससँग ३–२ ले हारेपनि पहिलो लेगमा २–१ ले जितेको पोर्टोले समग्रमा खेल ४–४ गोलको बराबरीमा पु¥यायो ।

यसपछि युभेन्टसको मैदानमा गरेको दुई अवे गोलको मद्दतमा पोर्टो क्वाटरफाईनलमा पुगेको हो । युएफा च्याम्पियन्स लिगअन्तर्गत राउण्ड अफ सिक्सटिनका दुई खेल आज राती हनेछन् ।

आज इंग्ल्याण्डको लिभरपुल र जर्मनीको आर.बी लेप्जीग तथा फ्रान्सको पेरिस सेन्ट जर्मेन र स्पेनको बार्सिलोना भिड्नेछन् । एजेन्सी

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार ०७:३८