सूचनाको शक्ति - The Power Of Information

        

सवारी साधन चोरेर लैजाँदै गर्दा चुँदारा पक्राउ

गुल्मी । गुल्मीमा सवारी साधन चोरीमा संलग्न युवकलाई प्रहरीले पक्राउ गरेको छ । सदरमुकाम तम्घासमा सवारी चोरीमा संलग्न रेसुंगा नगरपालिका–७ भुजेलखर्कका २३ वर्षीय सन्दीप चुँदारालाई जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरी मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

चुँदाराले फागुन २२ गते रेसुंगा नगरपालिका–१ उदिनढुङगामा पार्किङ गरी राखेको लु ५७ प ४५५ नम्बरको पल्सर मोटरसाइकल चोरी गरेको प्रहरीले जनाएको छ । चुँदाराले तारलाई डाइरेक्ट गराइ स्टार्ट गरी लग्दै गर्दा मिलन चोकमा स्टार्ट बन्द भएपछि सो मोटरसाइकल त्यँही छोडेर बा७४प ९३९० नम्बरको मोटरसाइकल चोरी गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईका अनुसार चुँदारा फागुन १८ गते रेसुङगा नगरपालिका–१ आर्दश पथमा पार्किङ गरी राखेको लु१च ६१६४ नम्बरको बोलेरो जीप पनि चोरी गरेको स्वीकार गरेका छन् । चुँदारालाई जिल्ला अदालत गुल्मीबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । चुँदारा तम्घासमा रहेको मेटल वर्कसपमा काम गर्दै आइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलवार १५:४७