सूचनाको शक्ति - The Power Of Information

        

साढे दुई लाख नगद र ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

दाङ । दाङमा करिब साढे दुई लाख रुपैयाँ र लागुऔषध ब्राउनसुगरसहित एक भारतीय नागरिकलाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको सरावस्ती थाना भरन्गाका घर भई दाङको लमही नगरपालिका–७ कप्तानगन्जमा डेरा लिइ बस्ने २३ वर्षीय शम्शाद राजा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । राजालाई प्रहरीले सोमबार बिहान करिब साढे १ बजेतिर पक्राउ गरेको जनाएको छ ।

राजाको साथबाट पाँचवटा सेतो प्लाष्टिकको पोकामा रहेको ४ ग्राम ३६० मिलिग्राम ब्राउनसुगर र नगद नेपाली दुई लाख ४५ हजार रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए । त्यस्तै, प्रहरीले उनको साथबाट बिनाबिलका ३१ थान कुर्ता, १० थान तन्ना, तीन थान धोती गरी थान ४४ कपडा समेत बरामद गरेको जनाएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलवार १५:४५