काठमाडौं । नेकपा एमालेको आज बस्ने भनिएको सचिवालय बैठक स्थगन गरिएको छ ।
बरिष्ठ नेता माधवकुमार नेपाल–झलनाथ खनालहरूले एमालेमा फर्किने निर्णय नगर्दै आज बोलाइएको सचिवालय बैठक स्थगन गरिएको हो ।
एमाले महासचिव ईश्वर पोखरेलले आज ९ बजेका लागि सचिवालय बैठक बोलाएका थिए ।
सर्वोच्चको फैसलापछि एमालेमा फर्कने निर्णय गरेसँगै थप तयारी नपुगेको भन्दै बैठक स्थगन गरिएको जनाएको छ ।
ईश्वर पोखरेलको नेतृत्वमा रहेको एमाले सचिवालय समितिमा २ उपमहासचिव, ५ सचिव र एक जना कार्यालय सचिव हुनेछन्।
।