सूचनाको शक्ति - The Power Of Information

        

जसपा संसदीय दलको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको बैठक आज बस्दै छ। सिंहदरबारस्थित दलको कार्यालयमा दिउँसो १ बजे बैठक बस्ने भएको हो।

पूर्वमन्त्रीसमेत रहेका सांसद महेन्द्र राय यादवले प्रतिनिधिसभा पुनःस्थापना भएपछि पार्टीले संसद्मा खेल्नुपर्ने भूमिका र केपी शर्मा ओलीसँगै पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेतृत्व गरेको नेकपाको एकता खारेजी हुँदा पार्टी एकता भंग भएपछि पार्टीले अपनाउने रणनीतिबारे बैठकमा छलफल हुने बताए।

नेकपा एकता भंग भएपछि सरकार गठनको चलखेल सुरू हुने ठानिएको छ। त्यसका लागि माओवादी केन्द्रले समर्थन फिर्ता लिनु पर्ने हुन्छ।

यदि त्यस्तो अवस्था आए सरकारमा जाने कि नजाने भन्ने विषयले पनि बैठकमा प्रवेश पाउने सोही पार्टीका अर्का एक नेताले बताए।

जसपासँग संसद्मा प्रत्यक्ष र समानुपातिक गरी ३४ सिट छ। एमालेसँग १२० सिट छ। सरकार गठन हुन आवश्यक सिट सङ्ख्या १३८ हो। माओवादीले समर्थन फिर्ता लिएपनि जसपा एक्लैले समर्थन गर्दा सरकार गठन हुन्छ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलवार १०:१२