सूचनाको शक्ति - The Power Of Information

        

१११ औ अन्तराष्ट्रिय महिला दिवसको सन्दर्भमा हस्ताक्षर कार्यक्रम

 बझाङ । बझाङ जिल्लामा पनी “महिलाको सुरक्षा , सम्मान र रोजगार समृद्घ नेपालको आधार” भन्ने मुलनाराका साथ १११ औ अन्तराष्ट्रिय महिला दिवस विभन्न कार्यक्रम गरि मनाएको छ ।

जिल्ला भरीका महिलाहरु सदरमुकाम चैनपुरमा भेलाभएर सदरमुकाम चैनपुरमा बाजागाजाका साथ प्रभात फेरि कार्यक्रम गरी खुलामञ्चमा औपचारीक कार्यक्रममा परिणत गरेको थियो ।

जयपृथ्वी नगरपालिका तथा अनौपचारिक सेवा केन्द्र इन्सेक , सि.आइ.एस.यु ,मानव अधिकार र डि.सि.ए लगाएतको आयोजनामा “लैङ्गिक हिंसा अन्त्य गर पिडितको न्याँयमा पहुँच सुनिश्चित गर ” भन्दै हस्ताक्षर अभियान सहित विभिन्न कार्यक्रमहरु गरिएको छ । जसमा मावि स्तरिय छात्रा वक्तित्वकला प्रतियोगिता , नित्य र सचेतना मुलक महिला देउडा लगाएतका कार्यक्रमहरु गरिएको छ ।

जयपृथ्वी नगरपालिका उपमेयर जुना जाग्रीले स्थानियतहमा अहिले महिलाहरुलाइ तथा महिलाहरुका समस्यालाइ लक्षीत गरेर महिलाकै संयोजगत्वमा न्यायिक समिति जस्ता न्यायिक पदहरुमा राखेको र महिलाहरुका हकहितका लागि आफु सदैब लागि पर्ने बताउनु भएको छ ।

साथै जाग्रीले आफु न्यायिक समितिमा रहदा महिलाहरुका समस्याहरुलाइ विशेष प्राथमिकतामा राख्ने गरेको समेत बताउनु भएको छ ।
महिला दिवसको शुभकामना दिदै जयपृथ्वी नगरपालिकाका मेयर विरेन्द्र बहादुर खड्काले अहिले स्थानियतहहरुमा पनी महिला जनप्रर्तिनिधीहरुको सहभागिता अनिवार्य भएकाले महिलाहरुका धेरै जसो समस्याहरु स्थानियतहहरुले छिटो छरितो समाधान गर्नको लागी ध्यान केन्द्रित गरेको बताउनु भएको छ ।

नगरपालिकाले पनी महिलाहरुलाइ क्षमता अभिवृर्दि , शिपमुलक तालिम जस्ता कार्यक्रमहरुमा बजेट विनियोजन गर्ने गरेको बताउनु भएको छ ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समतिका प्रमुख खडक बहादुर खड्काले महिलाहरु पहिलेको भन्दा अहिले सचेत भएकी र पहिला पहिला महिला हिंसा तथा घरेलु हिंसा लगाएतका घटनाहरु बाहिर नआउने भन्न डराउने हुन्थे अहिले महिलाहरु सचेत भएर आफै न्यायको लागी लड्ने सम्म भएको बताउनु भएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलवार ०८:३७