सूचनाको शक्ति - The Power Of Information

        

२४ घण्टामा ८९ जनामा काेराेना सङ्क्रमण, एक जनाकाे ज्यान गयाे

काठमाण्डाै  । पछिल्लो २४ घण्टामा नेपालमा ८९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

चार हजार तीन सय ९९ जनामा पीसीआर परीक्षण गर्दा ८९ जनामा सङ्क्रमण पुष्टि भएको र अहिलेसम्म कोरोना पोजेटिभ हुनेकाे सङ्ख्या दुई लाख ७४ हजार आठ सय १० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै थप ४२ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७० हजार नौ सय २७ पुगेको छ । अब नेपालमा आठ सय ७२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

थप एक जनाकाे सङ्क्रमणका कारण ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार ११ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार १७:५८