सूचनाको शक्ति - The Power Of Information

        

समाचार

प्रधानमन्त्री ओलीले भने, ‘म नेकपाको साधारण सदस्य पनि होइन’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेकपाको साधारण सदस्य पनि नभएको बताएका छन् । अन्तराष्ट्रिय नारी दिवको अवसरमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले अदालतले आफू कुन पार्टीको भन्ने खुलाएको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘हिजो मलाई सोध्दै थिए । प्रधानमन्त्री कुन पार्टीको । म आज भन्दै छु अदालतलाई सोध्नुहोस् ।’ आफूलाई प्रचण्ड–नेपाल समूहले साधारण सदस्यबाट हटाएको कुरा स्मरण गर्दै प्रधानमन्त्रीले भने, ‘म नेकपाको साधारण सदस्य पनि होइन ।’

प्रतिनिधिसभा पुनःस्थापनापछि पहिलो दिन बसेको प्रतिनिधिसभा बैठकमा प्रचण्ड–नेपाल समूहले देखाएको व्यवहारको बारेमा टिप्पणी गर्दै उनले भने, ‘धामी नाच नाचेको हो कि, बैठक बसेको हो कि, माननीय भन्ने शब्द प्रयोग हुने व्यक्तिहरुले माननीय शब्दको अनर्थ लाग्ने गरी व्यवहार गरे ।’

निर्वाचनमा जान नदिएकाहरुले नै संसदलाई चलाउन नसकेको उनको भनाइ छ । उनले भने, ‘कोही बाहिर गए, कोही नारा जुलुस गर्ने, एसिड आक्रमण विरुद्धको विधेयक पास हुन नदिने सेटिङ मिलाएका हुन् ।’ ओलीले आफूलाई संसदको, देशको, सांसदको गरिमाका बारेमा चिन्ता लागेको बताए ।

‘मेरै मेख मार्न पनि हिजो चुप्प लाग्न सक्नु पथ्र्याे । हामीले मुद्धा जितेर संसद पुनःस्थापना भएपछि हिजो त चुप लाग्न सक्छु पथ्र्यो । देख्नु भएन हिजोको काम मैले यही हुन्छ भनेर नै संसद विघटन गरेको हुँ ।’

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार १५:००