सूचनाको शक्ति - The Power Of Information

        

मुल्य बृद्धिसंगै बजारमा कागजको अभाव, ब्यवसायी मर्कामा

काठमाडौं । छिमेकी मुलुक भारत लगायत बिश्व बजारमा कागजको भाउ बृद्धिसंगै नेपाली बजारमा समेत कागजको भाउमा अत्यधिक मात्रामा बृद्धि भएको छ ।

अहिलेनै करिव ३० प्रतिशतले बृद्धि भईसकेको कागजको मुल्य ४० प्रतिशत सम्म बृद्धि हुन सक्ने सम्बन्धित बिषयका जानाकार तथा ब्यवसायीहरु बताउँछन् ।

नेपालमा शैक्षिक सत्र र नयाँ बर्षको सुरुवातसंगै कागजको माग उच्च रहेकै समयमा कागजको भाउ आकासिँदा कागज ब्यवसायीहरु मात्र नभई मुद्रण उद्योगी, प्रकाशक र अन्य सरोकारवाला पक्षहरु समेत मर्कामा परेका छन् ।

मुल्य बृद्धिसगै आपुर्तीमा समेत कमी आएका कारण बजारमा कागजको समेत अभाव रहेकाले महंगो तिरेर पनि कागज नपाउने अवस्था सृजना भएको छ ।

सिजनको समयमा कागजको अभाव हुनका साथै मुल्यमा समेत बृद्धि हुनुको असर कागज ब्यवसायी, मुद्रण उद्योगी र प्रकासकहरुलाई मात्र नभई मजदुर बर्र्गलाई समेत परेको छ ।

शैक्षिक सत्रको सुरुवात संगै पाठ्य पुस्तक, अभ्यास पुस्तिका लगायत शैक्षिक समाग्रीको माग तथा आपुर्ती उच्च रहने र नयाँ बर्षको सुरुवात संगै भित्ते पात्रो लगायतका सामाग्रीहरुको समेत छपाई उच्च रहेने भएकाले अहिलेको समयलाई कागज ब्यवसायी, मुद्रण उद्योगी र प्रकाशकहरु सिजनको रुपमा लिने गर्दछन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार ११:२९