काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड– नेपाल समूहले स्थायी कमिटी बैठक बोलाएको छ । बैठक दिउँसो ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।
सर्वाेच्च अदालतले नेकपा नामको विवादमा गरेको फैसला र आगामी रणनीति तयार गर्न बैठक बस्न लागेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
प्रचण्ड– नेपाल समूहले सर्वाेच्चको फैसला राजनीति भएको टिप्पणी गरेको छ । प्रवक्ता श्रेष्ठले आइतबार सामाजिक सञ्जालमा कानुनको विरुद्धमा राजनीतिक फैसला भएको र त्यसमा सहमत हुन नसक्ने बताएका छन् ।
।