सूचनाको शक्ति - The Power Of Information

        

खप्तडछान्ना गाँउपालिकाको वडा नं १ मा आधारभुत कम्प्युटर तालिम सुरु

बझाङ । खप्तडछान्ना गाँउपालिका वडा नं १ मा आधारभुत कम्प्युटर तालिम सुरु भएको छ ।

घरेलु तथा साना उद्योग विकास कार्यालय चैनपुरको आर्थिक सहयोग र भवानी कम्प्युटर टे«निङ सेन्टरको प्राविधिक सहयोगमा उक्त तालिम संचालन हुने भएको छ ।

आईतबार शैल्यश्वरी मा.वि मा एक कार्यक्रमका विच घरेलु तथा साना उद्योग विकास कार्यालयका निमित्त कार्यालय प्रमुख कृष्ण नेपालीले तालिमको उद्घाटन गर्नुभएको छ ।

कार्यक्रममा बोल्दै नेपालीले विश्वको बदलिदो परिवेशमा प्रविधिले संसारलाई साघुँरो बनाईरहेको बेला हाम्रो समाजमा अझै पनि कम्प्युटर सम्बन्धि ज्ञानको अभावका कारण यस्ता प्रविधिका तालिम आयोजना गरिने गरेको बताउनु भयो ।

अहिलेको युग प्रविधिको युग भएकोले कम्प्युटर शिक्षाको महत्व बढ्दै गएको र यसको प्रयोग सम्वन्धी सीप सिकाउनु आवश्क रहेको छ । कार्यालयले सबैको पहुँच नपुगेका विकट ठाँउमा पनि यस्ता तालिम संचालन गरिरहेको र गर्ने तयारीमा रहेको समेत बताउनु भएको छ ।

कार्यक्रममा भवानी कम्प्युटर टे«निङ सेन्टरका प्रोपाईटर अक्कल बोहराले बेरोजगारी युवालाई तालिमले स्वरोजगार बन्न र आत्मनिर्भर हुन सहयोग पु¥याउने भन्दैे तालिमभर अनुशासित, लगनशील र मर्यादित भई ज्ञान लिन सहभागीलाई आग्रह गर्नुभएको छ ।

आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक हिसाबले पछिपरेको हाम्रो समुदायलाई माथि उकास्न तालिमले महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो । करिब दुई महिना सम्म संचालन हुने उक्त कार्यक्रममा स्थानिय १२ जना युवायुवतीहरु सहभागि भएका छन ।

आधारभुत कम्प्युटर शिक्षा र प्रबिधिमा पहुँच बढाउने उदेश्यले तालिमको आयोजना गरेको र दुर्गम तथा कम्प्युटर शिक्षाको सहज पहुँच नभएकाहरुका लागी यो तालिम एउटा राम्रो अवसर भएको घरेलु तथा साना उद्योग विकास कार्यालयका बरिष्ठ उद्यम विकास सहजकर्ता दशरथ जप्रेलले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतवार १९:१६