बझाङ । विध्यार्थीहरुलाइ पठनपाठनमा जागरुक बनाउन रिर्डस क्लव अग्रसर बनेको छ ।
जयपृथ्वी बहुमुखी क्याम्पसका विध्यार्थिहरुले गत महिनामा आफुहरुलाइ कितावि ज्ञान मात्र नभएर बाह्य ज्ञान आर्जन गर्नाको लागी र साथिहरुमा आफुले सिकेका कुराहरु आदान प्रदान गर्न सजिलो होस भनेर गठन गरेको उक्त क्लबले विभिन्न कार्यक्रमहरु गर्दै पठनपाठनमा अभिप्रेत गर्ने गरेको छ ।
जयपृथ्वी रिर्डस क्लवले १५ , १५ दिनमा पठनपाठनमा सघाउ पुग्ने तथा अतिरिक्त क्रियाकलाप गर्ने भन्ने निर्णय सगै आइतबार जयपृथ्वी बहुमुखी क्याम्पसमा पहिलो कार्यक्रम उपन्यास विधामा ५ जना विध्यार्थिहरुले प्रस्तुति गरेका छन ।
जसमा विध्यार्थि जोगेनी जाग्री, सुरज विक , सिता कुमारी विष्ट र खगेन्द्र बोहोराले विभिन्न लेखकहरुले लेखेका उपन्यासहरुलाइ अध्यन गरेर त्यस उपन्यासले भन्न खोजेको कुराहरुलाइ छोटकरिमा सबै सामु प्रस्तुत गरेका थिए ।
क्याम्पस स्तरका विध्यार्थिहरुमा पठनपाठन तथा अध्यनशैली कम हुने भएकाले पठनपाठन तथा अध्यन शैलीलाइ राहात होस भन्ने उदेश्यले जयपृथ्वी रिर्डस क्लवले यस्ता विभिन्न कार्यक्रम गर्ने उदेश्य लिएको जयपृथ्वी बहुमुखी क्याम्पसका प्राध्यापक लाल बहादुर बोहराले बताएका छन ।
यस्तै उक्त कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख महोनराज उपाध्यायले विध्यार्थिहरुलाई पढ्नमा मात्र नभइ बोल्ने शैलीलाइ सुधार गर्न तथा विध्यार्थिहरुको व्यक्तित्व विकास गर्न समेत क्लवलाइ क्याम्पसबाट हुने सहयोगमा कहिलै तलमाथि नहुने बताएका छन ।
साथै उक्त कार्यक्रम क्लवकी कार्यबाहक अध्यक्ष बसन्ति उपाध्यायको अध्यक्षतामा सुरु भएको उक्त कार्यक्रममा क्याम्पस प्रमुख महोनराज उपाध्याय प्रमुख अथिति रहेका थिए भने , अन्य शिक्षक, विध्यार्थि र पत्रकारहरुको पनी सहभागिता रहेको थियो ।
उक्त कार्यक्रमको संचालन क्याम्पसका प्राध्यापक लाल बहादुर बोहराले गरेका थिए ।
।