सूचनाको शक्ति - The Power Of Information

        

रोल्पामा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

काठमाडौं । रोल्पाको रुन्टीगढी–६ स्थित गातिनामामा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

ना ७ त  ६४०० नम्बरको ट्रयाक्टर पल्टिदाँ ३१ वर्षीय खगेन्द्र रानाको मत्यु भएको रोल्पाका डिएसपी नरेशराज सुवेदीले रातोपाटीलाई बताए । मृतक राना सो ट्रयाक्टरमा सवार थिए ।
ट्रयाक्टरले च्यापेपछि डोजरको सहायताले उनको शव निकालिएको थियो । ट्रयाक्टर चालक रोल्पा थवाङ गाउँपालिका–३ घर भएका बल बहादुर बुढामगर उर्फ तुफानलाई ईलाका प्रहरी कार्यालय होलेरीले नियन्त्रणमा लिएको छ ।

मृतकको शव पोष्टमार्टमका लागी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पठाइएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतवार १०:३२