सूचनाको शक्ति - The Power Of Information

        

२२ वर्षपछि सुन्दरीजल आइपुग्यो मेलम्चीको पानी

काठमाडौं । २२ वर्षपछि मेलम्चीको पानी काठमाडौं उपत्यका आइपुगेको छ । प्रधानमन्त्री केपी ओलीले शनिबार साँझ सुन्दरीजल पुगेर फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन थिचेपछि मेलम्चीको पानी सुन्दरीजलमा खसेको थियो ।

चैत दोस्रो साताबाट काठमाडौंका धारामा पानी वितरण गर्ने सरकारको योजना छ । गत १० फागुनमा २६ किलोमिटर मेलम्चीको सुरुङमा पानी खसाइएको थियो । १३ दिनपछि पानी सुन्दरीजलमा खसेको हो । शनिबार खसाइएको पानी बागमती नदीमा छाडिएको छ ।

‘हामीले युगान्तकारी सफलता प्राप्त गरेका छौँ । लामो समयदेखिको प्रतीक्षा पूरा भएको छ । केही दिनभित्रै तपाईंको धारामा पानी वितरण हुनेछ,’ प्रधानमन्त्री ओलीले भने, ‘मेलम्चीको खानेपानी २६ फागुनमा अलि राम्रोसँग बागमतीमा झर्नेछ, २७ गतेको शिवरात्रिमा सफा पानीले नुहाउन पाइयोस् । दोस्रो फेजको यांग्री र लार्केबाट फेरि पानी थपेर ल्याउँदै छौँ ।

त्यसले काठमाडौंलाई पुग्ने गरी खानेपानी वितरण गर्छ ।’

नँया पत्रिका

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतवार ०७:३६