सूचनाको शक्ति - The Power Of Information

        

ओली पक्षको संसदीय दलको बैठक सकियो : एक सय १५ जना उपस्थित भएको दाबी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली पक्षीय संसदीय दलको बैठक सम्पन्न भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा एक सय १५ जना सांसद उपस्थित रहेको नेता सुवास नेम्वाङले दाबी गर्नुभयो ।

केही सांसद काठमाण्डौ बाहिर रहेकाले आफूहरुको पक्षमा रहने सांसदको संख्या अझै बढ्ने नेम्वाङले भन्नुभयो ।

आजको बैठकमा ओली समूहले आफ्नो पक्षमा रहेका भन्दै दाबी गर्ने वामदेव गौतम, तुलसा थापा र लालबाबु पण्डित भने उपस्थित हुनभएन ।

प्रचण्ड–नेपाल समूहले पनि आफ्नो पक्षमा एक सय १० जना सांसद रहेको दाबी गर्दै आएको छ ।

आजको बैठकमा प्रधानमन्त्री ओलीले भोलिदेखि सुरु हुने संसद बैठकमा प्रभावकारी भूमिका निभाउन पनि सांसदहरुलाई निर्देशन दिनुभएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार १७:४०