सूचनाको शक्ति - The Power Of Information

        

आज केही पहाडी भू-भागबाहेक देशभरको माैसम सफा रहने

काठमाडाैं। आज देशभरको माैसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।

विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका केही पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ। बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जानकारी दिएको छ।

आज दिउँसो प्रदेश १ , बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ।

प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागहरुको एक/दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेकोसमेत महाशाखाले उल्लेख गरेको छ।

यसैगरी, आज राति  प्रदेश १ , बागमती प्रदेश तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रहने र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ।

 प्रदेश १ , बागमती प्रदेश तथा सुदूरपश्चिम प्रदेशका पहाडी/हिमाली भू-भागहरुको एक/दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार ०७:०९