सूचनाको शक्ति - The Power Of Information

        

नजलेको मुस्कान

काठमाडौं । ‘मेरो ठम्याइ छ कि तपाईँ बलियो किशोरी हो । मेरो शुभकामना छ- तपाईँलाई । चाँडोभन्दा चाँडो निको हुनुहोस्, सधैँभरि यसरी नै मुस्कुराउनुहोस्,’ बलिउडका महानायक अमिताभ बच्चनले मुस्कान खातुनका लागि मन्द मुस्कानको कामना गरेका वाक्य हुन् यी ।

यी वाक्य, वाक्य मात्रै होइनन्, मुस्कानका दुवै ओठका लागि मन्द मुस्कान हुन् । तेजाबले चहर्याइरहेको अनुहारमा चम्केका मुस्कान हुन्, जसलाई लाखौँले मायाले सुम्सुम्याइदिए । ती लाखौंमध्ये एक थिए, अमिताभ ।

मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालयले दिने अन्तराष्ट्रिय साहसी महिला ‘आईडब्लूओसी’ अवार्ड पाउँदै हुनुहुन्छ । यो अवार्ड पाउने उहाँ नेपालबाट पहिलो महिला हुनुहुन्छ ।

र, अहिलेसम्मकै कान्छी पनि । पुरस्कार घोषणापछि भन्नुभयो असाध्यै खुशी छु । अझै दायित्व थपिएका छन् । यसअघि यो पुरस्कार नोबेल पुरस्कार विजेता मलाला युसुफजाईले पाउनु भएको थियो । कान्तिपुर

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार ०६:४०