सूचनाको शक्ति - The Power Of Information

        

वार्ताको खुसियालीमा विप्लव समुहको बझाङमा खुला जनसभा

बझाङ । काठमान्डौमा नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच भएको सहमति सार्वजनिक गर्ने कार्यक्रम भए संगै बझाङमा पनी विप्लव समुहले सहिद परिवारलाइ सम्मान तथा खुला जनसभा कार्यक्रम गरेको छ ।

बझाङमा रहेका विप्लव सर्मथक नेता कार्यक्रताहरु बाजा र र्यालि सहित केदारस्युँ गाउँपालिकाको देउरा बजारमा खुला जनसभामा सहभागि भएका छन ।

कार्यक्रममा बोल्दै जिल्ला इन्चार्ज विराट उपाध्यायले बझाङले ठुलो योगदान गरेको र जसले यो देशमा एउटा सपना बाटोमा हिडेका आम नेपालि जनताको शिक्षा , रोजगारको ग्यारेन्टि हुने छ भन्ने सपना बोकेका थिए ।

बझाङका मात्रै ३ जना एकिकृत जनक्रान्तिमा सहिद भएका छन । यो वार्ताको प्रारम्भिक चरण हो । यो पार्टी प्रचन्डको जस्तो हुने छैन । प्रचन्डलाइ अव खोज्नुपर्ने अवस्था आइरहेको छ, यस पार्टीमा हिजो गन्ध आएका ब्यक्तिहरुलाइ प्रवेश निषेध छ ।

यदि विप्लवले पनी कतै नराम्रो काम गरेको भए कार्बाहि भोग्न तयार रहेको बताएका छन । साथै जनसभामा सहिदहरुका परिवारलाइ सम्मान गरिएको छ ।

जसमा जयपृथ्वी नगरपालिका १ कैलाशका प्रज्वल शाही, सोहि ठाउँका राम बहादुर सिंह र जयपृथ्वी नगरपालिका ६ का राजेश सिंहका परिवारलाइ सम्मान गरिएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार १७:३८