सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्री ओलीको झापा भ्रमण स्थगित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको झापा भ्रमण स्थगित भएको छ । नेत्रविक्रम चन्द विप्लवसँगै सभागृहमा आयोजित सभालाई सम्बोधन गर्नुपर्ने भएकाले प्रधानमन्त्रीको झापा जाने पूर्वनिर्धारित कार्यक्रम स्थगित भएको हो ।

प्रधानमन्त्री ओलीको उपस्थितिमा झापा विद्रोहका अगुवा मारिएको स्थान सुखानीमा श्रदाञ्जली सभा गर्ने कार्यतालिका रहे पनि विद्रोहरत विप्लव समूहसँग वार्ता सम्पन्न भएपछि सो कार्यक्रममा सम्बोधन गर्न ओली असमर्थ हुने भएका हुन् । प्रधानमन्त्री कार्यक्रममा उपस्थित हुन नसक्ने भएपछि सुखानीमा प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासी सहभागी हुने जनाइएको छ ।

२०२९ साल फागुन ९ गते झापा विद्रोहका अगुवा रामनाथ दाहालसहित पाँच जनाको राज्यपक्षले गोली हानी हत्या गरेको थियो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार १०:२२