सूचनाको शक्ति - The Power Of Information

        

दाहाल-नेपाल समूहको संसदीय दलको बैठक बस्दै, सांसदको कित्ता क्लियर हुँदै

काठमाडौं । नेकपा दाहाल-नेपाल समूहको संसदीय दलको बैठक बस्दैछ ।

दाहाल-नेपाल समूहले संसद सचिवालयमा आज दिउँसो १ बजे बैठक बोलाएको हो । संसदीय दलको बैठकमा दाहाल-नेपाल समूहले ओली समूहका सांसदहरूलाई पनि एसएमएस गरेर बैठक सहभागी हुन बोलाएको सांसद विरोध खतिवडाले बताए ।

बहुमत पुर्‍याउनका लागि दाहाल-नेपाल र केपी शर्मा ओली समूहबीच सांसद तानातानको स्थित छ । केही दिनअघि देखि सांसद किन्‍नका लागि चलखेल भएको खबर पनि सार्वजनिक भएको थियो ।

आजको बैठकदेखि को सांसद कुन समूह छन् भन्‍ने कित्ता क्लियर हुनेछ ।त्यस्तै ओली समूहले पनि भोलि संसदीय दलको बैठक बोलाएको छ । यो समूहले पनि दाहाल-नेपाल निकटका सांसदलाई एसएमइसबाट बैठकमा बोलाएको छ ।

‘ओली समूहले हामीलाई पनि म्यासेजबाट भोलिको बैठककव लागि बोलाएका छन्’ सांसद खतिवडाले इकागजसँग भने ‘कुन समूहमा कति सांसद हुन्छन् अब क्लियर हुन्छ ।’

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार १०:१७