सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्री कप महिला भलिबलको उद्घाटन खेलमा न्यु डायमण्ड र पुलिस भिड्दै

काठमाडौं ।  बाँकेको नेपालगञ्जमा आजदेखि प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता शुरु हुँदैछ । आज हुने उद्घाटन खेलमा न्यू डायमण्ड र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने छ ।

यस्तै आजै हुने दोस्रो खेलमा त्रिभुवन आर्मी र लुम्बिनी युनाइटेडविच प्रतिस्पर्धा हुनेछ । कोरोनाका कारण यो बर्ष विदेशी टिम भने खेल्न आएनन् ।

प्रतियोगिताको विजेताले पाँच लाख रूपैयाँ पाउने भएको छ । अघिल्लो सिजनको भन्दा यो बर्ष पहिलो हुने टिमको पुरस्कार राशीमा तीन लाख रूपैयाँ बढाएको छ ।

बांके जिल्ला भलिवल संघले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको बढाइएको पुरस्कार राशीको घोषणा गरेको हो । आयोजकका अनुसार उपविजेताले २ लाख रूपैयाँ पाउनेछ भने तेस्रो हुनेले एक लाख र चौथोमा रहने टिमले ५० हजार रूपैयाँ पाउनेछन् ।

राउन्ड रोविनका आधारमा हुने प्रतियोगितामा साविक विजेता नेपाल पुलिस क्लब, त्रिभुभवन आर्मी क्लब, एपीएफ क्लब, न्यु डाइमन्ड एकेडेमी र स्थानिय टोली लुम्बिनी युनाइटेड गरी पांच टोलीको सहभागिता रहनेछन् ।

फाइनल फागुन २५ गते हुनेछ । पुलिसले पहिलो र छैटौ, एपीएफले दोस्रो र पांचौ तथा तेस्रो र चौथो रेलवे टिम भारतले उपाधि जितेका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार १०:०२