सूचनाको शक्ति - The Power Of Information

        

‘बी’ डिभिजन लिग : शीर्ष स्थानको सातदोबाटो र तेस्रो स्थानको बाँसबारीबीचको खेल हुँदै

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा आज शीर्ष स्थानमा रहेको सातदोबाटाे युथ क्लब र तेस्रो स्थानमा रहेको बाँसबारी क्लबबीचको खेल हुँदैछ ।

दिउँसो सवा १२ बजे एन्फा कम्प्लेक्समा हुने खेलमा शीर्ष स्थानमा रहेको सातदोबाटोले अङ्क सुधार गर्दै आफ्नाे स्थान कायमै राख्ने दाउमा छ ।

आजको खेल हारेमा सातदोबाटोले शीर्ष स्थान गुमाउने सम्भावना छ । सातदोबाटो २२ अङ्कसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको खुमलटार युथ क्लबको पनि २२ अङ्क नै रहेको छ ।

यसैबीच एन्फा कम्प्लेक्समा नै दिउँसो साढे ३ बजे मध्यपुर युथ एशोसिएसन र पुलचोक स्पोर्टस् क्लबबीचको खेल हुँदैछ ।

मध्यपुर ७ अङ्कसहित १० औँ स्थानमा रहेको छ भने पुलचोक २ अङ्कसहित तालिकाको पुछारमा छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार ०८:३६