काठमाडौं । घरेलु उपाय गरेर स्तनको आकारलाई उल्लेख्यरूपमा प्रभावकारी तवरले बढाउन सकिएलाजस्तो लाग्दैन, तर कतिपय समाजमा ठूला आकारका स्तनलाई आकर्षक मानिने भएकाले यसलाई ठूलो बनाउन महिलामाथि दबाब हुन्छ । सौन्दर्यसँग आकार तथा आकृति जोडिने भएकाले त्यस्तो भएको हुनसक्छ ।
त्यसै कारणले संसारभर नै यसलाइ बढाउन वा आकर्षक देखाउन विभिन्न विधि प्रयोग हुने गरिएको देखिन्छ । क्रिम प्रयोग गरेर यसलाई वा मुन्टोको मालिसले यसको आकार बढ्ने दाबी गरिए पनि यसले स्थायीरूपमा आकार बढ्छ भन्ने कुरा प्रमाणित छैन । केही कसरतले छातीको मांसपेशीलाई बलियो र ठूलो बनाउँछ र यस्तो स्थितिमा स्तन ठूलो भएजस्तो लाग्न सक्छ
तर त्यसले स्तनको कपको आकारलाई परिवर्तन गर्दैन । विभिन्न रसायनिक औषधियुक्त मल्हमको प्रयोग अर्को उपाय हो । त्यसबाहेक यसको आकारमा वृद्धि गर्न पम्पको प्रयोग पनि निकै चर्चामा छ । शल्य चिकित्सा गरेर यसको आकार बढाउन सकिन्छ । तर अत्यधिक खर्चका साथै शल्य चिकित्साको कुप्रभावको असर खप्नुपर्ने हुनसक्छ ।
तपाईंले फोम भएको ब्रा अर्थात् थुनचोली प्रयोग गर्नुभएको छ । यो कसैलाई देखाउनुपर्ने अङ्ग नभै छोपेरै राख्नुपर्ने अङ्ग हो । यसलाई आकर्षक देखाउने अन्य उपायजस्तै थुनचोली ब्राभित्र कपडा कपास वा यस्तै कुनै वस्तुको प्रयोग गर्ने वा स्तनलाई माथितिर उचाल्ने साधनहरूले आकर्षण थप्छ । महिलाहरुले आफुलाई स्वस्थ र फिट राख्नको लागि निकै मेहनत गर्छन् ।
तर आफ्नो स्तनलाई कसरी स्वस्थ राख्ने भन्नेमा अनभिज्ञ नै छन् र खासै केहि पनि गरेको देखिँदैन । स्तन मसाजमात्रै यौन सामथ्र्यको लागि मात्र नभएर विभिन्न स्वास्थ्यमा पनि फाइदा पुग्ने अध्यनबाट खुल्न आएको छ । जब महिलाहरुले कसिलो लुगा विशेषगरी ब्रा लगाउँछन तब ब्रेस्टमा लिम्फैटिक फ्लुइडको काममा रोकावट आउँछ ।
जसले गर्दा ब्रेस्ट र अन्डर आम्र्समा भएको लिम्फ वा लसीका फ्लुइडलाई फेरी स्टिम्युलेट गर्नका लागि मसाज गर्नु आवश्यक छ । कहिलेकाहीं स्तनमा गाँठो बन्न जान्छ यो आफैलाई थाहा हुँदैन । पछि त्यही गाँठो विस्तारै क्यान्सरमा परिणत हुन्छ । नियमित मसाज गर्यो भने आफैले गिर्खा वा गाँठो समयमा नै पत्ता लगाउनाले तुरुन्त उपचार भई खतराबाट बच्न सहज हुन्छ ।
बदामको तेल तिलको तेल जोजोबा आयल वा क्यास्टर आयलले मसाज गर्नु बढी फाइदाजनक हुन्छ । यस्तै नुहाई सकेपछि हातमा तेल लगाएर हातले स्तनमाथि गोलाकारमा मसाज गर्नुहोस्, नुहाउन चाहनुहुँदैन भने तातो तौलिया राखेर हल्का तातो गनुहोस् । मसाजको मोशनलाई कमसेकम ३० पटकसम्म माथि र तलको दिशामा पनि गर्नुपर्छ ।
साधारणतया आकार वा स्वरूपलाई प्रभाव पार्ने प्रमुख कुराहरुमा तन्तुको मात्रा पारिवारिक इतिहास उमेर तौल बढ्नु वा घट्नु, स्तनको छालाको मोटाइ वा तन्किन सक्ने गुण रागरस हर्मो हरूको प्रभावको विकासका क्रममा यसको आकार र कडापनमा पनि परिवर्तन हुन्छ । यति नै भन्ने छैन तर १० मिनेट हरेक दिन सुत्नुभन्दा पहिले माड्नु लाभदायक हुन्छ । एजेन्सीको सहयोगमा
।