सूचनाको शक्ति - The Power Of Information

        

आज देशभरका सबै अदालतमा शोक बिदा

काठमाडौं ।  आज देशभरका सबै अदालतमा बन्द हुने भएको छ। सर्वोच्च अदालतका पूर्वप्रधान्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा आज एक दिन शोक बिदा दिने निर्णय अनुसार सबै अदालत बन्द हुने भएको हो।

प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबरा सहित सर्वोच्च अदालतमा सबै न्यायाधीशको पूर्ण बैठकले आज सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत र न्यायाधीकरणलाई शोक बिदा दिने निर्णय गरेको हो।

पूर्वप्रधान्यायाधीश सिंहको मंगलबार ९० वर्षको उमेरमा चाबहिलस्थित मेडिकेयर अस्पतालमा निधन भएको थियो । सिंह ०५२ असोजदेखि ०५३ फागुनसम्म सर्वोच्च अदालतको प्रधानन्यायाधीश रहनु भएको थियो।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार ०८:३०