सूचनाको शक्ति - The Power Of Information

        

सेनाको पृतनापति समन्वयात्मक बैठक आजदेखि

काठमाडौं । नेपाली सेनाले आजदेखि पृतनापति समन्वयात्मक बैठक गर्दैछ ।

सैनिक मुख्यालय जङ्गी अड्डामा हुने बैठकमा पृतनापतिबाट आफ्नो जिम्मेवारी क्षेत्रमा सुरक्षाको वर्तमान वस्तु स्थिति प्रतिवेदन पेश हुने सैनिक जनसम्पर्क सूचना निर्देशनालयले जनाएको छ ।

महानिर्देशनालय र विभागीय प्रमुखबाट आन्तरिक सुदृढीकरणको क्षेत्रमा भए÷गरेका कार्यबारे प्रस्तुतीकरण एवं छलफल हुने सेनाले जनाएको छ ।

सेनाले वार्षिक रुपमा दुई पटक पृतना बैठक गर्दै आएको छ । सेनाका सातै प्रदेशमा एक–एक तथा काठमाडौं उपत्यकामा एक पृतना छ । सेनाको पृतनाको नेतृत्व उपरथीले गर्दै आएका छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार ०९:४३