बझाङ । सुदुरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीले समाजमा हुने ८० प्रतिशत अपराधिक घटना आफन्त वा चिनजानकै व्यक्ति बाट हुने गरेको बताउनु भएको छ ।
मंगलबार जिल्ला प्रहरी कार्यालय बझाङद्धारा आयोजित समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत सरोकारवालाहरु संगको अन्र्तक्रिया कार्यक्रममा बोल्दै डीआईजी सुवेदीले हाल सम्मको तथ्याङकलाई हेर्दा ८० प्रतिशत अपराधिक घटना आफन्तबाटै भएको बताउनु भयो ।
अपराधमा बढी जसो बालबालिका संलग्न हुने गरेको भन्दै सुवेदीले बालबालिकाहरुमा नैतिक शिक्षाको अभाव भएका कारण पनि समाजमा अपराधिक क्रियाकलाप हुने गरेको बताउनुभयो ।
विद्यालय, कलेज र विश्वविद्यालयमा नयाँ प्रविधि लगायतका सबै विषयहरुको पठनपाठन हुने गरेको भए पनि नैतिक शिक्षालाई कसैले चासो दिएका छैन्न । जस्को कारण दिनप्रतिदिन सामाजिक अपराध बढदै गएको बताउनु भएको छ ।
पछिल्लो समयमा सामाजिक संजाल र प्रविधिको अधिकतम प्रयोगले किशोरकिशोरीहरु अपराधिक क्रियाकलापमा संलग्न हुने गरेको पाईएको छ । उहाँले सहर र गाउँमा फरक परिस्थिति छ, तर समस्या एउटै छ । सहरमा सामाजिक सञ्जालको दुरुपयोग धेरै भईरहेको छ ।
व्यस्तताका कारण अभिभावकहरुले छोराछोरीको बारेमा सोच्ने र सोध्ने समेत फुर्सद छैन । परिवारका सबै मानिसहरु मोबाइलमै व्यस्त भएका कारण एक–अर्कासँग बोल्ने फुर्सद हुँदैन ।
यता गाउँमा पनि पुरुषहरु आयआर्जनका लागी घर बाहिर हुने र महिलाहरु घरकै काममा व्यस्त हुने भएका कारण बालबालिकाहरुले सही अभिभावकत्व पाउन सकेका छैनन ।
अभिभावकहरु संग आफ्नो सन्तानलाई नैतिक शिक्षा दिने र सहि मार्गनिर्देश गर्ने समय छैन । बालबालिकाहरुमाथी अभिभावकको निगरानी नहुँदा उनीहरु कलिलो उमेरमै अपराधको जालोमा फस्दै गएका छन ।
यस्ता अपराधिक क्रियाकलापमा सबै भन्दा बढी १६ बर्ष देखि २५ बर्ष उमेर समुहका बालबालिकाहरु रहेका छन । फरक प्रसंगमा बोल्दै डीआईजी सुवेदीले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या प्रकरणमा आफुले अर्जुन दृष्टिले हेरिरहेको बताउनुभयो ।
कुनैपनि अपराधको बारेमा जानकार हुने भनेकै घटनास्थल वरपर वा समुदायकै मानिसहरु हुन । प्रहरीले सो घटनालाई गहिरो ढंगले अध्ययन गरिरहेको छ । उहाँले हामी लगभग अनुसन्धानको अन्तिम चरणमा पुगिसकेका छौ ।
पहिले केहि अराजक तवरले घटना तोडमोड गर्ने क्रियाकलाप भए । प्रहरी पनि बाहिरि हल्लाको पछि लागेर अनुसन्धान गर्दा अनुसन्धान कार्य प्रभावित भएकोले पत्ता लाग्न नसकेको हो ।
निर्मला पन्त हत्याकाण्डले ठुलो पाठ सिकाउदा बैतडीकी भागरथी हत्या प्रकरणमा प्रहरीले चनाखो भएर अनुसन्धान गर्दा सफल भएको समेत बताउनु भएको छ ।
साथै सुवेदीले मंगलबार नै मानवताबादी राजा जयपृथ्वी बहादुर सिंहले स्थापना गरेको सत्यवादी मा.वि का विध्यार्थिहरुलाइ अपराध न्युनिकरण सम्वन्धी कक्षा समेत दिनुभएको छ ।
।