सूचनाको शक्ति - The Power Of Information

        

नख्खुमा जीपको ठक्करबाट कलेज हिँडेकी छात्राको ज्यान गयो

ललितपुर । ललितपुरको नख्खुमा जीपको ठक्करबाट एक जना छात्राको ज्यान गएको छ ।

बिहानै स १ ज ५६७ नम्बरको जीपको ठक्करबाट सिन्धुपाल्चोक घर भइ ललितपुरको बागडोल बस्ने  १९ वर्षकी अञ्जु दाहालको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार बिहान साढे ५ बजेतिर सडक पार गर्दै गर्दा दाहाललाई जीपले ठक्कर दिएको थियो । गम्भीर घाइते भएकी दाहालको ६ बजे पाटन अस्पतालमा ज्यान गएको हो ।

प्रहरीकाअनुसार दाहाल कोटेश्वर मल्टिपल क्याम्पसमा अध्ययनरत हुनुहुन्थ्यो । जीप चालकलाई  प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार ०८:०३