सूचनाको शक्ति - The Power Of Information

        

आज बुधबार, कस्तो छ तपाईको राशिफल ?

२०७७ फागुन १९ गते, बुधवार, ३ मार्च २०२१ । फाल्गुण कृष्णपक्ष, चतुर्थी तिथि (६ः४८ बजेदेखि पञ्चमी), चित्रा नक्षत्र (७ः१३ बजेदेखि स्वाती), चन्द्रराशि– तुला ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

प्रयत्न गर्दा व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ । आयआर्जनका नयाँ स्रोत समेत फेला पर्नेछन् । भौतिक साधन जुट्नाले पनि आम्दानी बढ्ने काम प्रारम्भ हुनेछ । प्रेमको बन्धन कसिनेछ भने अतिथिका रूपमा सत्कार प्राप्त हुनेछ । परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ । आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ । पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ । चुनौती पन्छाएर काम बनाउन सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइनेछ । व्यापारलगायत आर्थिक लाभ लिने योजना कार्यान्वयन हुनेछन् । भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ । छोटो समयमा विशेष उपलब्धि प्राप्त हुनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

श्रम परे पनि तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ । आम्दानीका स्रोत बढ्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ । बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ । सुखद् समाचारले उत्साह जगाउनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

आवेशको निर्णयले समस्या निम्त्याउने हुँदा व्यवहारमा सजग रहनुपर्ला । अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला । नियमित काम सम्पादन भए पनि पारिवारिक मतभेदले व्यवधान निम्त्याउला । निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले सजग रहनुहोला । बेसुरमा वचन दिने बानीले पनि अप्ठ्यारो पर्न सक्छ । महत्त्वाकांक्षी योजना सार्वजनिक नगर्नुहोला ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ । छोटो समयमा राम्रो उपलब्धि हातपार्न सफल भइनेछ । स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । लाभांश बढ्नाले दैनिकीमा परिवर्तन आउनेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु तथा प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

आत्तिने बानीले काम बिग्रनुका साथै हातमा आएको मौका अरूले पÞmुत्काउन सक्छन् । बोलीको गलत अर्थ लाग्ने समय रहेकाले व्यवहारमा सजग रहनुपर्ला । नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ला । लेखन तथा सिर्जनात्मक कामबाट भने ख्याति मिल्नेछ । सहयोगीहरूले साथ दिनेछन्, तर अहिलेको मिहिनेतले पछिलाई मात्र फाइदा हुनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

मेहनत गरीकन चिताएको मूल्य प्राप्त नहुन सक्छ । पहिलेकै काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ । अध्ययनमा धेरै समय दिन नसकिएला । तापनि प्रयत्न गर्दा अवसर भने पाइनेछ । साथ दिनेहरू बढ्नेछन् । प्रेम र मित्रताको बन्धन पनि कसिनेछ । पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ । बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला । समय दिन नसक्दा काम बिग्रन सक्छ । लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् । शुभचिन्तकहरू समेत टाढा हुनेछन् । धेरै लगानीपछि कममात्र फाइदा हुनेछ । अवसरका लागि दौडधुप गर्नुपर्ला ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ । तारिफयोग्य काम सम्पादन गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ । विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिलेको सफलताले नयाँ अवसर पनि दिलाउन सक्छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

पुराना कामको चर्चा हुनेछ भने नयाँ अवसर पनि प्राप्त हुनेछ । विशेष भेटघाटले उत्साह जगाउनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । कीर्तिमानी काम गर्ने समय छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ । सामाजिक दायित्व बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा फाइदा हुनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि भने केही समय लाग्नेछ । सामाजिक काममा रुचि बढ्नेछ । आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ । शक्तिको धाक देखाउनेहरू स्वतः निहुरिनेछन् । समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । धार्मिक र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । रोकिएको कामले पनि निकास पाउनेछ । फजुल खर्च भने बढ्न सक्छ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

अवसरका लागि दौडधुप गर्नुपर्ला । तत्काल लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ । कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । स्वास्थ्यका हिसाबले दिन कमजोर रहनेछ । परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ । जोखिमपूर्ण वा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार ०७:१८