सूचनाको शक्ति - The Power Of Information

        

विप्लव समूहद्वारा ‘प्रकाण्ड’को नेतृत्वमा वार्ता टोली गठन (विज्ञप्तिसहित)

काठमाडौं । सरकारले वार्ता टोली बनाएको केही घण्टामै विप्लव समूहको नेकपाले पनि वार्ता टोली गठन गरेको छ ।

विप्लव समूहको नेकपाले पार्टीका सचिवालय सदस्य एवं प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा वार्ता टोली गठन गरेको हो । टोलीमा पार्टीका केन्द्रीय सदस्य उदय चलाउने ‘दीपक’ रहने पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’द्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

मंगलबार सरकारले पत्रकार सम्मेलन गर्दै विप्लव समूहसँग वार्ता गर्ने भन्दै दुई सदस्यीय वार्ता टोली गठन गरेको थियो । टोलीमा गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई रहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार झापामा भएको सभामा विप्लव समूहसँगको वार्तालाई केही दिनमा टेलिभिजनमा हेर्न पाउने बताउनुभएको थियो । त्यसको ४८ घण्टा पनि नबित्दै सरकारले विप्लव समूहसँगको वार्तालाई अघि बढाएको हो ।

विप्लव समूहद्वारा ‘प्रकाण्ड’को नेतृत्वमा वार्ता टोली गठन (विज्ञप्तिसहित)

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलवार १७:५७