सूचनाको शक्ति - The Power Of Information

        

संसद बैठक अघि नै सांसदहरुलाई कोरोना खोप दिने

काठमाडौं । सरकारले कोभिड-१९ विरुद्धको दोस्रो चरणको पहिलो खोप संघीय संसदका सांसदहरुलाई दिने निर्णय गरेको छ ।

२३ गतेदेखि ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप दिने तालिका भए पनि सांसदहरुलाई १९ गतेदेखि नै खोप दिइने भएको हो ।

१९ गतेदेखि खोप लागाउनेमा प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्य तथा संसद सचिवालयका कर्मचारी गरी जम्मा १ हजार ५ सय जनाको सूची तयार पारिएको छ ।

उनीहरुलाई काठमाडौंको सिभिल अस्पतालबाट ३ दिनभित्रमा खोप दिइसक्ने स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सरकारले यही फागुन २३ गते प्रतिनिधिसभाको बैठक बोलाएकाले सो बैठक अघि नै सांसद तथा संसद सचिवालयका कर्मचारीलाई खोप दिन लागेको हो ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार १०:०६