काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७८ काेराेना संक्रमित थपिएका छन् ।
यस्तै आज (आइतबार) ८२ जना संक्रमित निकाे भएका छन् भने थप एक जनाकाे मृत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार आज क्वारेन्टिनमा ६८ जना छन् भने सक्रिय संक्रमित संख्या ९६२ रहेकाे छ ।
पछिल्लाे अपडेटसँगै काेराेना संक्रमितकाे कुल संख्या २ लाख ७४ हजार १४३ पुगेकाे छ ।
संक्रमितमध्य २ लाख ७० हजार ४०७ जना निकाे भइसकेका छन् भने मृतक संख्या २ हजार ७७४ पुगेकाे छ ।
।