बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिकाको कोल्टीमा आइतबार पहिलो पटक बस पुगेको छ ।
जिल्ला सदुरमुकाम मार्तडि हुँदै आइतबार पहिलो पटक कोल्टीमा बस पुगेको हो ।
कोल्टी–मार्तडी सडक निमार्ण भएको झण्डै २० वर्षपछि बस पुग्दा स्थानीय खुशी हुँदै फूलमालाले स्वागत गरेका छन् ।
बाजुराको चारवटा स्थानीय तह र कर्णाली प्रदेशको हुम्ला, कालीकोट र मुगुलगायतका बासिन्दालाई सेवा दिने उद्देश्यले आइतबारबाट नियमित वस सेवा सञ्चालन भएको व्यवसायी गणेश शाहीले बताउनुभयो ।
कर्णाली प्रदेशको चंखेली गाउँपालिका, हुम्लाको सर्केगाड गाउँपालिका र बाजुरादेखि कोलीकोटसम्म बस सेवा सञ्चालन हुने बताइएको छ ।
।