सूचनाको शक्ति - The Power Of Information

        

इंग्लिस प्रिमियर लिगमा चेल्सी र युनाईटेडबीच खेल हुँदै

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आइतबार चेल्सी र म्यानचेस्टर युनाईटेडबीच खेल हुँदैछ ।

दुई टिमबीचको खेल राति १०ः१५ बजे सुरु हुनेछ ।

घरेलु मैदानमा चेल्सी जित निकाल्दै चौंथो स्थानमा उक्लन चाहन्छ भने युनाईटेड पनि चेल्सीलाई हराएर शीर्ष स्थानको सिटविरुद्ध दबाब बढाउन चाहन्छ ।

चेल्सीलाई युनाईटेडमाथि जित निकाल्न सहज भने हुनेछैन ।

चेल्सी २५ खेलमा ४३ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । युनाईटेड ४९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

लिगमा सिटी युनाईटेड भन्दा १३ अंकले अघि रहेको छ ।

प्रिमियर लिग अन्तर्गत आइतबार नै लेष्टर सिटीले घरेलु मैदानमा आर्सनलसँग खेल्दा लिभरपुलले सेफिल्ड युनाईटेडसँग उसैको मैदानमा खेल्नेछ ।

त्यसैगरि अर्को खेलमा टोटेनहमले बर्नलेसँग खेल्दा क्रिस्टल प्यालेसले फुलहमको सामना गर्नेछ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतवार १६:५६