सूचनाको शक्ति - The Power Of Information

        

ट्राफिक निर्देशिका जारी, ट्राफिकलाई शिष्ट, सभ्य र मर्यादित बनाउने

काठमाडौं  । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नागरिकमैत्री ट्राफिक कार्यबिधी २०७७ निर्देशिका जारी गरेको छ ।

महाशाखाले आइतबार पत्रकार सम्मेलन गरी नयाँ निर्देशिकाबारे जानकारी गराएको हो ।

निर्देशिकामा ट्राफिक कर्मचारीहरुबाट सडक र कार्यालयमा आउने सेवाग्राही सङ्ग गरिने आचरण, व्यवहारलाई थप शिष्ट सभ्य र मर्यादित बनाउने उल्लेख छ ।

निर्देशिका अक्षरसः पालना भएमा सेवा प्रवाह पारदर्शी, सरल सहज र प्रभावकारी हुने विश्वास गरिएको छ ।

निर्देशिका अनुरुप काम गर्ने ट्राफिक प्रहरीलाई पुरस्कृत गरिने महाशाखाका प्रबक्ता श्यामकृष्ण अधिकारीले बताउनुभयो ।

पत्रकार सम्मेलका अवसरमा महाशाखाका प्रमुख जनक भटटराइले आर्थिक प्रलोभनमा नपरि आफ्नो काम इमान्दारिपूर्र्वक गर्ने १७ जना विभिन्न दर्जाका ट्राफिक प्रहरी कर्मचारिलाई प्रति ब्यक्ती १ हजार रुपैया र प्रशंसा पत्र सहित पुरस्कृत गर्नुभयो ।

ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्ने प्रवृत्तिलाई नै निरुत्साहित बनाउन सकेमा ट्राफिक नियमको उलङ्घनमा कमि आउने महाशाखाका प्रमुख भट्टराइको भनाइ छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतवार १६:५०