सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्री गृहजिल्ला जाँदै

प्रधानमन्त्री ओली गृहजिल्ला झापा जाँदै, औद्योगिक पार्क शिलान्यास गर्ने

हाल नेपालमा ११ वटा औद्योगिक क्षेत्र सन्चालित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जाँदै छन् ।

औद्योगिक क्षेत्र शिलान्यासलगायतका कार्यक्रममा सहभागी हुन ओली झापा जान लागेका हुन् । झापाको दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकामा फैलिने औद्योगिक क्षेत्रलाई ‘चीन-नेपाल मैत्री औद्योगिक पार्क’ नाम दिइएको छ ।

६४ अर्ब रुपैयाँ लगानी रहने ‘चीन-नेपाल मैत्री औद्योगिक पार्क’ पीपीपी मोडलमा निर्माण गर्ने सम्झौता भइसकेको छ । सरकारले एक सातामा पाँच वटा औद्योगिक क्षेत्र शिलान्यास कार्यक्रम निर्धारण गरेको थियो ।

सो कार्यक्रमअनुसार फागुन १० गते कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्र, फागुन ११ गते बाँकेको नौबस्ता औद्योगिक क्षेत्र, फागुन १३ गते रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र र १४ गते मकवानपुरको मोतीपुर औद्योगिक क्षेत्र शिलान्यास भइसकेका छन् ।

हाल नेपालमा ११ वटा औद्योगिक क्षेत्र सन्चालित छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतवार ०७:५९