सूचनाको शक्ति - The Power Of Information

        

बात्लकार भएको उजुरी दिन उमेर नपुग्दा पिडित समस्यामा

काठमाडौं । आमा बुबा दुवै अर्कोअर्कैसँग बिहे गरेर हिँडे । अलपत्र छोरी गुजाराको संघर्षमा थिइन् । कामको प्रलोधन दिँदै एक जनाले डेरामा लगे बन्धक बनाएर केही दिन बलात्कार गरे मस्किलले फुत्किएकी १५ वर्षीया बालिका चिनृजानेकाको शरणमा पुगिन् ।

तिनकै सहयोगले आरोपित समातिए । आरोपितले बलात्कार स्विकारिसके । बालिका प्रहरी संरक्षणमा छिन् । तर, एउटा कानुनी जटिलता आएको छ आँखैअगाडिको बलात्कारीबारे किटानी जाहेरी कसले दिने ? आफन्त को छन्, कहाँ छन् ? पीडितलाई थाहा छैन ।

स्वयं उनका लागि उजुरी दिन कानुनले रोक्छ । किनकि, उनको उमेर पुगेको छैन । बालिकामाथि बलात्कार हुन सक्छ । तर, कानुनले तिनलाई स्वयं उजुरी गर्न रोक्दो रहेछ ।

पीडित मात्र होइन, प्रहरी पनि यही जटिलताले रनभुल्लमा छ । अन्नपूर्ण

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतवार ०७:३५