काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गरेपछि नेकपाका सांसद तानातानमा परेका छन् ।
पुष्पकमल दाहाल र माधव नेपाल समूहका बहुमत सांसद रहेको भनिए पनि ओली पक्षले पनि आफूसँग बहुमत सांसद रहेको दावी गरेको छ । यसै कारण सांसद तानातानमा परेका हुन् ।
फैसलाअनुसार प्रतिनिधिसभाको अब बस्ने बैठकमा दाहाल नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ ।
प्रस्तावसँगै नयाँ प्रधानमन्त्रीको नाम तोक्नुपर्ने भएकाले दाहाल नेपाल समूहले आफ्नो पक्षका सांसदको हस्ताक्षरसहितको सूची तयार पारिरहेको छ ।
प्रधानमन्त्री ओलीले पनि शुक्रबार होटल याक एन्ड यतीमा आफू निकट सांसदको भेला राखेर बहुमत जुटाउने कसरत गरेका छन् ।
ओली समूहको सांसदमा अविश्वासको प्रस्ताव दर्ता भए सामना गर्ने तयारी गरेको छ ।
दाहाल नेपाल समूहले सांसदमा अविश्वासको प्रस्ताव राख्ने भएपछि प्रधानमन्त्री ओली त्यसको सामना गर्ने निष्कर्षमा पुगेका हुन् ।
‘हिम्मत छ भने अविश्वासको प्रस्ताव ल्याए भयो, त्यो अविश्वासको प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीले फेस गर्नेछन्’, उपप्रधानमन्त्री ईशवर पोखरेलले दाहाल नेपाल समूहलाई चुनौती दिएका छन् ।
‘ओली समूहले देव गुरुङलाई प्रमुख सचेतकबाट हटाएर विशाल भट्टराईलाई बनाउनुको कारण पनि सांसदलाई ह्विप लगाउन दाहाल नेपाल समूहमा रहेका गु्ररुङलाई हटाएर भट्टराइलाई ल्याइएको हो’, ओली निकट स्रोतले भन्यो ।
ओलीले शुक्रबार पनि निकटका नेताहरुसँग आफूले राजिनामा नदिने र परिस्थितिको सामना गर्ने बताएका छन् । नागरिक
।