सूचनाको शक्ति - The Power Of Information

        

समाचार

५२ सीडीओको सरुवा, बाँकेबाट हरि प्याकुरेलाई दैलेख पठाइयो (सूचीसहित)

काठमाडौं । गृहमन्त्रालयले ५२ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको हेरफेर गरेको छ । शुक्रबार गृहमन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निणर्यबाट ५२ जना सीडीओहरुको सरुवा तथा पदस्थापन गरेका हुन् । बाँकेका सहायक प्रमूख जिल्ला अधिकारी हरि प्याकुरेललाई दैलेख सरुवा गरेको छ ।

बर्दियाका सहायक प्रमूख जिल्ला अधिकारी लिलाधर अधिकारीलाई चितवन सरुवा गरेको छ भने बर्दियामा दैलेखका सन्तबहादुर सुनारलाई बर्दिया सरुवा गरेको छ । इलाका प्रशासन कार्यालय लहान, सिराहाबाट प्रेमप्रसाद देवकोटालाई जाजरकोट सरुवा गरिएको गृहमन्त्रालयले जनाएको छ ।

त्यस्तै जीवनप्रसाद दुलाललाई काठमाडौंबाट नुवाकोटमा प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा गरिएको छ । सिन्धुलीका प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेलाई पाल्पा सरुवा गरिएको छ । त्यस्तै बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेलाई सिन्धुलीमा सरुवा गरिएको छ ।

त्यस्तै गृहमन्त्रालयमा कार्यरत शालिग्राम शर्मा पौडेललाई जिल्ला प्रशासन कार्यालय गोरखामा प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा गरिएको छ । त्यस्तै गोरखाका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईलाई महोत्तरी सरुवा गरिएको छ । त्यस्तै जिल्ला हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरन्जिवी गिरीलाई कारागार कार्यालयको जेलरमा सरुवा गरिएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार १७:२०