सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजारभन्दा तल झर्‍याे

एक सय १२ जनामा सङ्क्रमण पुष्टि

काठमाडौं । नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजारभन्दा तल झरेको छ ।

गएको कात्तिक पहिलो हप्ता सक्रिय सङ्क्रमितको सङ्ख्या ४० हजार नाघेकोमा अहिले घटेर एक हजारभन्दा तल झरेको हो । अहिले नेपालमा नौ सय ३६ जना सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा ५४ जना निको भएसँगै निको हुनेको सङ्ख्या दुई लाख ७० हजार दुई सय ७७ पुगेको छ ।  यस्तै गएको २४ घण्टामा एक सय १२ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।

तीन हजार नौ सय ४४ जनाको पीसीआर परीक्षण गर्दा एक सय १२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै थप चार जनाको ज्यान गएसँगै अहिलेसम्म कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार सात सय ७१ पुगेको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार १७:००