सूचनाको शक्ति - The Power Of Information

        

शुक्रबार पनि ओरालो लाग्यो सुनको मुल्य, कतिमा हुदैंछ कारोबार ?

काठमाडौं । शुक्रबार नेपालीमा बजारमा सुनको मुल्य ५०० रुपैंयाले ओरालो लागेको छ ।

हिजो प्रतितोला ८९ हजार ३०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आज (शुक्रबार) तोलामा ५०० रुपैंयाले घटेर प्रतितोला ८८ हजार ८०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

तेजावी सुनको मुल्य ८८ हजार ३५० रुपैंयामा कारोबार हुने भएको छ । यस्तै, चाँदीको मुल्यमा पनि तोलामा २० रुपैंयाले घटेर प्रतितोला १३ सय ३५ रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।

हिजो चाँदीको मुल्य प्रतितोला १३ सय ५५ रुपैंया रहेको थियो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार ११:१७