सूचनाको शक्ति - The Power Of Information

        

सिरियामा अमेरिकाको हवाई आक्रमण, कम्तिमा १७ को मृत्यु

दमास्कस । सिरियाको पूर्वी क्षेत्रमा इरान समर्थित लडाकुमाथि अमेरिकाले बिहीबार हवाई आक्रमण गरेको छ ।

आक्रमणमा कम्तिमा १७ लडाकु मारिएको पेन्टागन स्रोतलाई उद्दृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

अमेरिकी सेनामाथि इराकमा रकेट आक्रमण भएको प्रतिक्रिया स्वरूप हवाई कारबाही गरिएको अमेरिकाले जनाएको छ ।

‘राष्ट्रपति जो बाइडनको निर्देशनमा सिरियाको पूर्वी क्षेत्रमा इरान समर्थित लडाकुले प्रयोग गर्दै आएको पूर्वाधारमा बिहीबार साँझ अमेरिकी सेनाले हवाई कारबाही गरेको छ’, पेन्टागनका प्रवक्ता जोन किर्बीले भने, ‘यो इराकमा अमेरिकी गठबन्धन सेनामाथि रकेट आक्रमणको प्रतिक्रिया हो ।’

सो आक्रमणमा दर्जनौँ घाइते समेत भएको सिरियामा सक्रिय मानवअधिकारवादीले बताएका छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार १०:४५