सूचनाको शक्ति - The Power Of Information

        

बर्डफ्लु

बाँके बर्डफ्लुको उच्च जोखिममा, भारतबाट अवैध कुखुरा आयात जारी

सात  तस्कर प्रहरी नियन्त्रणमा

काठमाडौं । छिमेकी  जिल्ला सुर्खेतमा   समेत   बर्डफ्लु   भेटिएपछि   बाँके जिल्ला  सो रोगको  अत्यधिक  जोखिममा  रहेका बेलासमेत  भारतबाट  अवैध  रूपमा  भइरहेको कुखुराको आयात भने रोकिएको छैन ।

काठमाडौँ  र  सुर्खेतमा  बर्डफ्लु  भेटिएपछि प्रहरी   प्रशासनले   भारतबाट   कुखुरा   आयात गर्न  नदिने  बताइरहेको  छ ।  यही  बेला  दुई दिनको  अन्तरालमा  भारतबाट  अवैध  रूपमा ल्याइएका  १४  क्विन्टल  अवैध  कुखुरासहित सात  मोटरसाइकल  र  सात  तस्करलाई  प्रहरीले नियन्त्रणमा लिएको छ ।

बर्डफ्लुको उच्च जोखिम हुँदा पनि कुखुराको अवैध आयात भने जारी रहेको सो घटनाले पुष्टि गरेको  छ । सिमानामा  खटिएको  सशस्त्र  प्रहरीले बाँकेको   डुडुवा र नरैनापुर   गाउँपालिकाबाट १४  क्विन्टल  अवैध  कुखुरा,  मोटरसाइकल  र तस्करलाई नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरीको खडैचा बीओपीबाट सशस्त्र प्रहरी  टोलीले  बुधबार  डुडुवा  गाउँपालिका–१, पाँजाबाट   पाँच   क्विन्टल   भारतबाट   आउँदै गरेको   अवैध   कुखुरा   बरामद   गरेको   हा ।

टोलीले कुखरासहित सात मोटरसाइकल र सात तस्करलाई  समेत  पक्राउ  गरेको  सशस्त्र  प्रहरी  बल  नम्बर  ३०  गण  वागेश्वरी  बाँकेका  प्रमुख एसपी अशोक बमले जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार ०७:५६