सूचनाको शक्ति - The Power Of Information

        

रुख ढलेर एक जना घाइते, दुई घर पुर्ण रुपमा क्षती

फाईल तस्बीर

बझाङ । बझाङको थलारा गाउँपालिका वडानम्बर ९ सिर्याटामा विहिबार दिउसो लागेको हावाहुरीले गर्दा कालसैन मन्दिर नजिकै रहेको धेरै बर्ष पुरानो खरिकको रुख ढल्दा एक जना महिला घाइते भएकि छन भने, २ घर पुर्ण रुपमा क्षती भएका हुन ।

घाइते हुनेमा थलारा गाउँपालिका ९ घर भएकी बर्ष ३५ की विष्ना सार्की घाइते भएकी हुन । सार्कीको शरिरका विभिन्न ठाउँमा चोट लागेकाले जिल्ला अस्पताल सिमखेतमा उपचारको लागी ल्याउने तयारी भैरहेको स्थानिय डवल चनाराले जानकारी दिनुभएको छ ।

घाइते सार्की लगाएत ,गम्भिर सार्कीको घर पुर्णरुपमा क्षती भएको छ भने , सोहि गाउँका गिरी सार्की , करन सार्की र कवि सार्कीको घर पनी जोखिममा रहेका छन ।

घाइते सार्कीका श्रीमान रोजगारको सिलसिलामा भारत भएकाले स्थानियले बोकेर अस्पताल ल्याउन लागेको र घरमा पुर्णरुपमा क्षेती भएपछी पाल हालेर बस्नु पर्ने बाध्यता रहेकाले उनका आफ्न्तले सहयोगको अपिल समेत गरेका छन ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार १९:०१