सूचनाको शक्ति - The Power Of Information

        

विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि विधालय बन्द

बझाङ । विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि बझाङको साइपाल गाउँपालिका–४ मा रहेको धुली माध्यमिक विद्यालय केही दिनका लागि बन्द गरिएको छ ।

करिब एक हप्तादेखि विद्यार्थी र शिक्षकहरु एकाएक कोरोनाको जस्तै लक्षणसहित बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको हो । बिरामी विद्यार्थी र शिक्षकहरुमा खोकी लाग्ने, ज्वरो आउने, घाँटी दुख्ने, वाकवाकी लाग्ने र घोरिरहने जस्ता लक्षण देखिएको धुली माविका सहायक प्रधानाध्यापक धनबहादुर विष्ट भोटेले बताउनु भयो ।

विद्यालयमा कक्षा ६ देखि ९ सम्मका विद्यार्थी र केही शिक्षकहरुमा यस्ता लक्षण देखिएका छन । एक हप्तासम्म औषधी उपचार गर्दा पनि विरामी विद्यार्थी र शिक्षकलाई ठिक नभएपछि बुधबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले विद्यालय बन्द गरेको हो ।

२ सय ४५ जना विद्यार्थी र ११ जना शिक्षक रहेको धुली माविले नजिकै रहेको धुली सामुदायिक स्वास्थ्य केन्द्रबाट उपचार गर्न खोजे पनि बिरामीमा कुनै परिवर्तन नआएको समेत प्रधानाध्यापक विष्ट भोटेले बताउनु भयो ।

साथै केहि दिन अगाडि मात्र धौलनमा रहेको धौलन माविका विध्यार्थिहरु र शिक्षकहरुमा पनी यस्तो लक्षण देखा परेको र शिक्षक र विध्यार्थिलाइ उक्त लक्षणहरु सरेकाले ४ दिन सम्म बन्द गरिएको थियो ।

उपचार गरि ठिक भएपछी अहिले विध्यालय संचालनमा आएको स्थानिय बसन्त बोहोराले बताउनु भयो ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार १८:५१