सूचनाको शक्ति - The Power Of Information

        

गायिका अन्जु पन्तले गरिन् दोस्रो विवाह

काठमाडौं । लोकप्रिय गायिका अन्जु पन्तले दोस्रो विवाह गर्नु भएको छ ।

गायिका पन्तले बुधबार इलामका थीर कोइरालासँग दोस्रो विवाह गर्नु भएको हो ।

अन्जु र थीर दुवैको यो दोस्रो विवाह हो । उनीहरुले चर्चमा क्रिश्चियन परम्परा अनुसार विवाह गरेका हुन् । दुबै जना क्रिश्चियन धर्ममा आस्था राख्ने भएकाले पनि उनीहरुले चर्चमा बिहे गरेका हुन् ।

अन्जु र थीर लामो समयदेखि प्रेम सम्बन्धमा रहेको बताइएको छ । उनीहरुको बिहेमा सिमित आफन्तहरु मात्र सहभागी रहेका थिए । यसअघि अन्जुले गायक मनोज राजसँग विवाह गरेकी थिइन् । उनीहरुको एउटा छोरी समेत छिन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार ०७:४६