काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो सम्पति विवरण बुझाउन अदालतले आदेश दिएको छ । ट्रम्पमाथि कर छलीलगायत वित्तीय अपराध भए
को आशंकामा सर्वोच्च अदालतले सम्पूर्ण विवरण पेश गर्न आदेश दिएको हो ।
यसअघि पदमा रहँदा ट्रम्पले आफ्नो सम्पति विवरण बुझाउन अस्वीकार गर्नुभएको थियो । अदालतको आदेशसँगै ट्रम्पले आफ्नो सम्पूर्ण आर्थिक गतिविधिलगायतका कागजपत्र अनुसन्धानकर्तालाई बुझाउनुपर्ने छ ।
ट्रम्पमाथि न्यूर्योकको म्यानहटनमा अनुसन्धान भइरहेको छ । ट्रम्पमाथि चुनावी अभियानको क्रममा खर्चको विवरण पनि नबुझाएको आरोप लागेको छ । अदालतले आदेश दिएपनि ट्रम्पको सम्पतिमाथि गोप्यरुपमा छानविन हुने बताइएको छ । एजेन्सी
।