सूचनाको शक्ति - The Power Of Information

        

तरकारी किन्दै हुनुहुन्छ ? यस्तो छ आजको बजार मूल्य

Mixed Tropical Fruits and vegetables

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी विकास समितिले आज मंगलवारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

समितिले आजका लागि कालो अंगुरको प्रतिकेजी मूल्य २१२ रुपैयाँ ५० पैसा, हरियो अंगुर प्रतिकेजी ११२ रुपैयाँ ५० पैसा, अदुवा प्रतिकेजी मूल्य ६५ रुपैयाँ तोकेको छ ।

यसैगरी रातो आलु केजीको २७ रुपैयाँ, भारतीय रातो आलु २५ रुपैयाँ, तराई काउली २२.५० रुपैयाँ, स्थानीय काउली २७.५० रुपैयाँ, कागती प्रतिकेजी १४५ रुपैयाँ, केरा प्रतिदर्जन १०५ रुपैयाँ कायम भइ कारोबार भइरहेको समितिले जनाएको छ ।

समितिले सुकेको खुर्सानी प्रतिकेजी ३२५ रुपैयाँ, हरियो खुर्सानी ८५ रुपैयाँ, गोलभेँडा ठूलो ४५ रुपैयाँ, गोलभेँडा सानो १२.५० रुपैयाँ, गोलभेँडा सानो ९तराई० २६ रुपैयाँ तोकेको छ । तरकारी तथा फलफुलको मूल्य सम्बन्धि थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलवार ०९:१८