सूचनाको शक्ति - The Power Of Information

        

इराकमा सेनाको कारवाहीमा आईएसका सात जना मारिए

एजेन्सी । इराकको उत्तरी प्रान्त किर्कुकमा सेनाको कारवाहीमा इस्लामिक स्टेट (आईएस) समूहका सात जना मारिएका छन् ।

इराकी सेनाका अनुसार गुप्तचर रिपोर्टका आधारमा गरिएको सैन्य कारवाहीमा आईएसका सात सदस्य मारिएको हो ।

आईएसको पकड मानिएको क्षेत्रमा सेनाको हवाइ आक्रमणबाट ती लडाकु मारिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

राजधानी बगदादको उत्तरी क्षेत्रमा रहेको पहाडी इलाकामा आतंकवादीहरुले आफ्ना गतिविधि केन्द्रीत गरेका थिए ।

सेनाले लामो समयदेखि कारवाहीका लागि तयारी गरीरहेको बताइएको छ । अमेरिकी सेनाको कारवाही तीव्र भएपछि सने २०१७ देखि इराकमा सो समूहरुको प्रभाव कमजोर रहेको बताइएको थियो ।

तर पछिल्लो समय फेरि सो समूहले आफ्ना सशस्त्र गतिविधि बढाउन थालेपछि सेनाले कावाहीलाई निरन्तरता दिएको त्यहाँको सरकारले जनाएको छ ।

यसैबीच आपराधिक गतिविधि नियन्त्रणका लागि विद्रोहीविरुद्धको कारवाहीलाई फेरि निरन्तरता दिने इराक सरकारले जनाएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलवार ०८:३६